नेपाली महिला फुटबल टिमले आज भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाल र भारतले पालजोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे खेल्नेछ।
नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतलाई हराएको नेपालले जितका लागि खेल्नेछ।
खेलमा नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रीति राई अनुपस्थित हुनेछन्।










