न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन् । देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।

अहिले बिहान १० देखि १२ बजेसम्म मात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले १८ कात्तिकसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर