शुक्रबारदेखि नेपालका हलमा नेपाली भाषाको फिल्म ‘परान’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली : द एपिक’ प्रदर्शनमा आएका छन् ।

ड्रामा जनरामा राखिएको फिल्म ‘परान’ ले अभिभावक र सन्तानबीचको अपेक्षा र सम्बन्धको कथा भन्छ । यसअघि मेरी बास्सै, भद्रगोल, सक्किगो निजस्ता चर्चित टिभी श्रृंखलामा काम गरेका दीपक आचार्य ‘काकु’को यो डेब्यू निर्देशकीय फिचर हो ।

धनकुटाको परिवेशमा छायांकन गरिएको फिल्मले धर्मनाथ (नीर शाह)को पात्रको कथा भन्छ । सन्तानलाई आफ्नो सम्पत्ति मान्ने उक्त पात्रले बुढेसकाल पनि उनीहरूसँगै जिउने सपना देखेको हुन्छ तर, सम्बन्धमा यस्तो घुम्ती आउँछ जुन बुझ्न फिल्म नै हेर्नुपर्छ । ‘परान’को रनटाइम १४६ मिनेट छ । सबै उमेरका दर्शकले यो फिल्म हेर्न सक्नेछन् ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायतको अभिनय छ । तपाईंलाई पारिवारिक कथावस्तुका फिल्ममा रुछि भने यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबारदेखि नै भारतीय फिल्म ‘बाहुबली : द एपिक’ प्रदर्शनमा आएको छ । एसएस राजामौली निर्देशित यो फिल्ममा अघिल्ला दुई भागको कथावस्तु समावेश रहेको र दर्शकले थप नयाँ कुरा पनि हेर्न पाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर