नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर