नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर दुई लाख ४९ हजार सात सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६० रुपैयाँले घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर