नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ।

टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामी रहेका छन् ।

सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अंकतालिकामा दुई अंक पनि जोड्यो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर