बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामा भने सुनको भाउ ७ हजार २ सय रुपैयाँ घटेको छ ।
कात्तिक २७ गते सुनको भाउ २ लाख ५० हजार २ सय रुपैयाँ थियो । त्यस्तै असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।
चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३१८५ रुपैयाँ कायम भएको छ ।










