द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन् ।
उनीहरूले आयोगका पदाधिकारीहरूको राजीनामा समेत मागेका छन् ।
धर्नामा बसेकाहरूले बोकेको ब्यानरमा लेखिएको छ, ‘विधि प्रक्रिया र मापदण्ड मिचेर फेरि तेस्रो पटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर ।’










