शुक्रबार सुनको भाउ तोलामा १३०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४३ हजार रुपैयाँ तय भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन तोलामा ८५ रुपैयाँले चाँदी घटेको छ ।
हिजो ३१८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१०० मा झरेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको थियो ।










