कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा अनुबन्धित भएका छन्।
कलाकार घिमिरे र फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो। निर्देशक सम्राटले केही समयअघि ‘कंगारु’ घोषणा गरेका थिए। यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ।
कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन्। यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन्।
फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन्। टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलीया) रहेको छ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ। फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन्।

प्रतिक्रिया

सम्बन्धित खवर