नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ । ५ धाम मध्येको एक देवघाट धामलाई देबघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीनवटा पालिकाहरुको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो ।

देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक संस्थाले प्राविधिक सहयोग गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरी लौडारीले बताए ।

उनले पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताए । देशका खोला नदीहरु प्रदूषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदूषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका।

गैँडाकोट नगरपालिका र देवघाट गाउँ विकास समितिको समन्वयमा देवघाटलाई छिट्टै प्लास्टिक मुक्त क्षेत्र घोषणा उनले बताए ।सहमति संस्थाका अध्यक्ष होमनाथ सुबेदीले सहमतिले नदीसँगै हामी अभियान अन्तर्गत नारायणी नदी संरक्षणको काम गर्दै आइरहेको र देवघाट नेपाल कै महत्त्वपूर्ण तीर्थस्थल भएको कारण प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्न लागिएको बताए ।देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र घोषणाको फोहोर सङ्कलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी सुविधा लगायतका पूर्वाधार निर्माणका काम समेत भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर