रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ भारतीय बक्सअफिसमा ३०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले दोस्रो शुक्रबार ३४.७० करोड भारु र शनिबार ५३.७० करोड भारु कमायो ।

अहिलेसम्म फिल्मको कूल कलेक्सन ३०६.४० करोड भारु हुन आउँछ । भारतीय फिल्मका ब्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर’ दोस्रो शनिबार सर्वाधिक कमाउने फिल्म समेत बनेको छ ।

यो फिल्मको कमाइको गति तत्काल रोकिने छाँटकाँट छैन’ आदर्शले लेखेका छन् । रोचक के छ भने, मुम्बईमा यो फिल्मको शो राती १२ बजेर ४५ मिनेट र पुनेमा १२ः२० बजे राती पनि थालिएको छ ।

सुरुवातीभन्दा पछिल्ला दिनमा फिल्मको कलेक्सनमा बढोत्तरी देखिन्छ । फिल्मको क्राफ्टलाई लिएर चौतर्फी प्रशंसा भएको छ । यद्यपि, कथावस्तु भूराजनीतिक भएकाले यसलाई लिएर विवाद देखिन्छ । बलिउड अभिनेता ऋतिक रोशनले मेकिङको प्रशंसा गर्दै यसको कथामा आफ्नो असहमति रहेको बताएका छन् ।

‘एन्टी-पाकिस्तान’ कथा भएको जनाउँदै खाडीका ६ राष्ट्रले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का नेता खुलेरै प्रशंसामा उत्रिएका छन् । यसकारण, यसले राजनीतिक तहमा समेत मत विभाजन गरिरहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर