चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक गरिएको छ ।
आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतमा बालेनको र्याप र लय छ भने गणेश उप्रेती,कमलमणी नेपाल लगायतको अभिनय छ ।
गीतमा दीक्षा उप्रेतीको स्वर छ । विशेष पाण्डेको मिक्सिङ रहेकाे गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् ।
कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको छ ।
चलचित्र नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।










