अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण घोषणा गरेकी छन् । गत वर्ष हिट फिल्म ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर यो फिल्म बनाउन लागेकी हुन् ।

फिल्मको निर्देशन सुलक्षण भारतीले नै गर्ने भएका छन् । भारतीले ‘बोक्सीको घर’बाट निर्देशनमा डेब्यु गरेका थिए । हुन त केकी र भारती बिच फिल्म ‘बोक्सीको घर’ रिलिजपछि सम्बन्ध बिग्रिएको थियो । उक्त सम्बन्धमा सुधार गर्दै दुवैले सहकार्य गर्न लागेका हुन् ।

‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ’, केकीले सहकार्यका बारे भनिन्, ‘त्यो समय अहिले ‘पेट्रोल पम्प’ मार्फत आएको छ ।’कथा पनि निर्देशक भारतीको रहेको फिल्म सोसल ड्रामा बन्न लागेको हो ।

फिल्म विसं. २०८३ मा रिलिज हुनेछ । फिल्ममा को –को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।‘फिल्मका कलाकार छनौटमा छन् । केही समयमा विस्तृत जानकारी दिनेछौँ’ केकीले थपिन् । ‘बोक्सीको घर’मा केकी र भारती दुवैको पनि अभिनय थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर