फिल्म ‘एनिमल’ले भारतमा जति कमाइरहेको छ, उति नै आलोचित पनि । फिल्मलाई लिएर इन्टरनेट समुदाय नै विभाजित देखिन्छ । चित्रित गरिएका हिंसात्मक दृश्यलाई लिएर भारतको राज्यसभामा पनि मुद्दा उठिसक्यो ।
अहिलेसम्म यो फिल्ममा रणवीर कपुरका केही दृश्यलाई लिएर विवाद भएको थियो । पछिल्लो पटक भने बबी देओलको एउटा दृश्यलाई लिएर प्रश्न तेर्सिएको छ । फिल्ममा बबी र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबीचको वैवाहिक बलात्कारको दृश्य छ ।
मानसी आफूभन्दा २९ वर्ष कान्छी भएकाले यस्तो दृश्य गर्नमा कुनै अनौठो नलागेको भन्दै बबीले यो दृश्यको सुटिङ गर्दा आफूलाई कुनै प्रकारको डर नलागेको जवाफ दिएका छन् ।
बबीले यो चरित्र आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको रहेको बताए । ‘मैले त्यो पात्रलाई सही ढंगले निर्वाह गरेँ’ उनले भने, ‘मलाई यस्तो दृश्य गर्न कुनै समस्या थिएन ।’