बलिउड अभिनेता अक्षय कुमारको स्कर्टिङ गाडी मुम्बईमा दुर्घटनामा परेको छ । अक्षय श्रीमती ट्वीङ्कल खन्नासँग एयरपोर्टबाट जुहूस्थित घरतर्फ जाँदै गर्दा उनीहरूको सुरक्षाका लागि खटिएको गाडी दुर्घटना भएको हो । अक्षय र ट्वीङ्कल अलग कारमा सवार थिए ।

भारतीय मिडियाका अनुसार तीव्र गतिमा दौडिरहेको एउटा मर्सिडिज कारले एउटा अटो रिक्सालाई ठक्कर दिएको थियो । अटो चिप्लिँदै अक्षय कुमारको सेक्युरिटी गाडीमा गएर ठोक्कियो । दुर्घटना जुहूको सिल्वर बिच क्याफे नजिक भएको हो ।

दुर्घटनामा अटो रिक्सामा निकै क्षति पुगेको छ भने अक्षयको सुरक्षा गाडीमा सामान्य क्षति भएको छ । अटो चालक र यात्रुलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको छ । यस दुर्घटनामा कसैको गम्भीर चोटपटक नलागेको वा मृत्यु नभएको बताइएको छ । घटनास्थलमा पुगेर प्रहरीले छानबिन सुरु गरेको छ ।

अक्षयकुमार प्रियदर्शन निर्देशित आगामी फिल्म ‘हैवान’मा देखिँदैछन् । यो फिल्ममा उनीसँगै सैफ अली खान र सैयामी खेरको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर