टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. अनुप बास्तोलाले पाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माको निर्णयअनुसार डा. बास्तोलालाई उक्त पदमा नियुक्त गरिएको मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले जानकारी दिएका छन्।
मन्त्रालयका अनुसार निर्वाचन आचारसंहिता लागू हुनुअघि माघ ४ गते मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई अस्पतालको नेतृत्व सुम्पिएको हो।
यसअघि अस्पतालका निर्देशक रहेका डा. युवानिधि बसौला भने गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भइसकेका छन्।










