विपिन कार्की र मिरूना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ बिहीबारदेखि युट्युबमा रिलिज भएको छ । नवीन चौहान निर्देशित फिल्म निर्माता कम्पनी आर्टमाण्डूको युट्युब च्यानलबाट रिलिज भएको हो ।

हल रिलिजको ९ महिनापछि फिल्म इन्टरनेट प्लाटफर्ममा डेब्यू गरेको हो । यो फिल्म २६ बैशाखमा हलमा रिलिज भएको थियो । चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिसमा यो फिल्मले १० करोड ६२ लाख नेरु ग्रस कमाएको छ । निर्माताको दाबी १२ करोड ग्रस छ ।

यो फिल्मले भारतमा मात्र डेढकरोड भारु कमाएको विवरण हालै बाहिर आएको थियो । सुन्दर र सरल प्रेमकथामा आधारित यो फिल्ममा विपिन र मिरुनाको शीर्ष भूमिका छ ।

सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परिक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल, मेनुका प्रधानलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर