बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कलेक्सन करोड नाघेको छ ।

दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस छ । यसको औपचारिक घोषणा भने सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ ।

‘दर्शकीय प्रतिक्रिया उत्साहजनक छ’ बल्छी धुर्बेले भने, ‘सबै उमेरका दर्शकले कथावस्तु रुचाउनुभएको छ । टिभीपछि फिल्मको स्क्रिनमा दर्शकले गर्नुभएको मायाप्रति आभारी छौं ।’

खास नाम मरिचमान श्रेष्ठ भएका अभिनेता बल्छी धुर्बेसहित फिल्ममा वर्षा सिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने संघर्ष र उतारचढावको कथावस्तु यसमा समावेश छ ।

प्रतिक्रिया

सम्बन्धित खवर