नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।
तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ ।
यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो










