बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रेन्चाइज ‘कृष’ को चौथो भाग ‘कृष ४’ लाई लिएर निराशजनक खबर सार्वजनिक भएको छ।

लामो समयदेखि प्रतिक्षामा रहेको यो फिल्मको तयारी अहिलेका लागि रोकिएको छ। बजेटका विषयमा अभिनेता ऋतिक रोशन र निर्माता आदित्य चोपडाबिच कुरा नमिल्दा फिल्मको काममा ‘ब्रेक’ लागेको हो।

बलिउड हंगामाको रिपोर्ट अनुसार ऋतिक रोशन ‘कृष ४’ लाई करिब ५०० करोडको विशाल बजेटमा निर्माण गर्न चाहन्थे। तर, आदित्य चोपडा र उनको टोली भने ३५० करोडभन्दा बढी लगानी गर्न तयार भएनन्।

दुवै पक्षबिच बजेटका विषयमा लामो छलफल भए पनि कुनै ठोस सहमति निस्कन सकेन। यही विवादका कारण फिल्मलाई अहिलेका लागि ‘होल्ड’ मा राखिएको छ।

‘कृष ४’ मा ऋतिक रोशन आफैँले निर्देशन गर्ने चर्चा समेत चलेको थियो। अघिल्ला दुई भागले बक्स अफिसमा तहल्का मच्चाएका कारण फ्यानहरू यसको चौथो भागको व्यग्र प्रतिक्षामा छन्।

आदित्य चोपडासँगको सहकार्य तत्कालका लागि नहुने देखिएपछि ऋतिकले अब अन्य स्टुडियोहरूसँग कुराकानी सुरु गरेका छन्। उनले स्क्रिप्टमा केही परिवर्तन गरेर आफ्नै योजना अनुसार फिल्म अगाडि बढाउने तयारी गरिरहेका छन्।

बजेटको मुद्दा सुल्झिएपछि मात्र फिल्मको छायांकन र रिलिज मितिबारे नयाँ घोषणा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर