निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु भएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभमूर्हत गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो ।
फिल्मको छायाङ्कन काठमाडौंमै थालिएको छ ।ऋत बोहोराको निर्देशन रहने फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरू कथा बनाएको छ । यस फिल्मबाटै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलोपटक स्क्रिन सेयर गर्दैछन् ।
फिल्ममा निखिल र वर्षाको अलावा शेखर चापागाईँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी रहनेछन् ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक बोहोराले नै लेखेका हुन् । निर्माता धिरज कुमार अग्रवाल रहेको फिल्मको सह निर्माता अञ्जली चौधरी हुन् ।










