स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ निर्धारण भएको छ ।

शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर