यतिबेला पेरिसमा फेसन सप्ताह चलिरहेको छ । ‘पेरिस फेसन वीक २०२३’ नाम दिइएको यो कुम्भमा विश्वचर्चित सेलिब्रिटी र डिजाइनरले आगामी फल सिजनका पहिरन प्रस्तुत गरे ।

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनदेखि हलिउड अभिनेत्री जेन्डायासहितका स्टारले पेरिस फेसनको यो संस्करणमा फेसनको जादू छरे । हलिउडमा चलिरहेको हड्तालले प्रिमियर र फिल्म प्रवर्द्धनमा जान नपाएका सेलिब्रिटीको भीड फेसन शोमा देखियो ।
अभिनेत्री जेन्डाया फेसन ब्राण्ड लुइस भिटनको स्प्रिङ–समर २०२४ को पहिरनमा आकर्षक देखिइन् । यो फ्रान्सेली लक्जरी फेसन ब्रान्डको डिजाइन हेर्न रनवको पहिलो लहरमा ए–लिस्टर सेलिब्रिटी थिए । जसमा किम कार्दसियनदेखि फुटबल स्टार डेभिड बेकह्यामसम्म थिए ।

फ्रान्सको प्रसिद्ध आइफल टावरले आयोजना गरेको ‘वाक योर वर्थ’ शोमा बलिउड अभिनेत्री ऐश्वर्या रायले पहिरन प्रस्तुत गरिन् । उनीसँगै केन्डल जेनर, इभा लोंगोरिया, एन्डी म्याकड्वेल पनि उपस्थित रहे ऐश्वर्याकी छोरी तथा अमिताभ बच्चनकी नातिनी नाभ्या नाभेली नन्दाले सोमबार राति पेरिस फेसन सप्ताहमा डेब्यु गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर