राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनभित्र रहेको स्वास्थ्य तथा जनसंख्या विभागलाई संघीय संरचना अनुसार केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीका अनुसार विभागलाई तल्लो तहसम्म सुदृढ बनाउँदै नीतिगत हस्तक्षेपका कार्यहरू अघि बढाइनेछन्।

उनले हाल देखिएको स्वास्थ्य सेवासम्बन्धी समस्या-जस्तै अस्पतालमा अत्यधिक भीड, उपचार खर्चको वृद्धि र ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव-उपचारको अभावभन्दा पनि प्रणालीगत कमजोरीसँग सम्बन्धित रहेको धारणा व्यक्त गरिन्।

उक्त सन्दर्भमा स्वास्थ्य प्रणालीमा सुधार ल्याउने लक्ष्यसहित विभागमार्फत योजनाबद्ध रूपमा काम अघि बढाइने जनाइएको छ। स्वास्थ्य नीतिमा संरचनात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कार्कीले त्यसका लागि प्राविधिक तथा नीतिगत दुवै पक्षमा पहल गरिने बताइन्।

यस कार्यलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा दक्ष जनशक्ति समेट्ने तयारीसमेत गरिएको छ। चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधिसम्बद्ध इन्जिनियर तथा व्यवस्थापन क्षेत्रमा आबद्ध पेसाकर्मीहरूलाई विभागमा सहभागी हुन आग्रह गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर