दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।

समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार पाएको छ ।

५१ वर्षीय विजयले स्थापना गरेको दल टिभिकेले दुई वर्षमै प्रदेशको राजनीतिमा ठूलो सफलता हात पारेको छ । गएको महिना सम्पन्न प्रदेशसभा निर्वाचनमा २३४ सिटमध्ये १०८ सिट जित्दै पार्टीले बलियो प्रवेश गरेको थियो ।

यद्यपि, एकल बहुमतका लागि आवश्यक ११८ सिट भने पुग्न सकेको थिएन । त्यसपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, माक्र्सवादी कम्युनिस्ट पार्टीलगायत दलहरूको समर्थन जुटाएर विजयले सरकार गठनको बाटो खोलेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर