नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार चार सय रुपैयाँले बढेर तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेर पाँच हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।










