आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि अर्जेन्टिनी टोली घोषणा भएको छ ।

अर्जेन्टिनाले बिहीबा राति लियोनल मेस्सीको कप्तानीना २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । साविक विजेता अर्जेन्टिनका लागि मेस्सीले छैटौँ पटक विश्वकप खेल्नु हुने भएको छ ।

३८ वर्षीय मेस्सीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग दुर्लभ कीर्तिमान बराबरी गर्नुहुनेछ । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना यसपटक विश्वकपको समूह ‘जे’ मा रहेको छ ।

यस समूहमा जोर्डन, अल्जेरिया र अस्ट्रिया रहेको छ । अर्जेन्टिनाले असार ३ गते अल्जेरियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अर्जेन्टिनी विश्वकप टोली

गोलरक्षक : हुआन मुसो, जेरोनिमो रुल्ली र एमिलियानो मार्टिनेज

रक्षक : लियोनार्डो बालेर्दी, निकोलस टाग्लियाफिको, गोन्जालो मोन्टियाल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना र नाहुएल मोलिना

मिडफिल्डर : लियानद्रो पेरेडेस, रोड्रिगो डे पल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पलासियोस, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेज

स्ट्राइकर : जुलियन अल्भारेज, लियोनल मेस्सी, लौटारो मार्टिनेज, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो साइमन, निको पाज र जोसे म्यानुअल लोपेज

प्रतिक्रिया

सम्बन्धित खवर