ओम प्रतीकको निर्देशनमा निर्माण भएको फिल्म ‘हली’ आगामी साउनमा प्रदर्शनमा आउने भएको छ।

फिल्म साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू छन्। फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ। निर्देशक ओम प्रतीकले नै फिल्मको कथा लेखेका हुन्।

फिल्मको प्रमोशनल गीतमा चर्चित कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित रहेको बताइएको छ। फिल्मले समाज परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुने सन्देश दिने निर्माण पक्षको दाबी छ। फिल्मको निर्मातामा पुजा पुरूङ र जस्मिन श्रेष्ठ छन्।

राहुल राईको छायांकन रहेको फिल्मको सम्पादक रामप्रसाद चौधरीको हुन्। फिल्म ‘हली’को वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर