चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ । निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो ।

चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताए । पन्तले चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ ।

एक महिनाको कार्यतालिका राखेर छायांकन थालिएको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य भूमिका रहनेछ।

चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर