दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर छोराको हत्या गरेका छन्।
नारायण नगरपालिका-९ सालखर्क निवासी अन्दाजी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ ।
गए राति ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो।अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले कम्बिराज थापालाई घटनामा प्रयोग भएको खुर्पासहित उनकै घरबाट नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।










