साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को विन्दुमा पुगेको छ।
आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा बढोत्तरी आउँदा ६ उपसूचकहरू हरियाली देखिएका छन् ।
बजारमा सुधार आउँदा कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, एसबिएल २०८४ को १४.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।










