रत भ्रमण रहेका रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किनुअघि आज बिहान अयोध्या पुगेर राम मन्दिरको दर्शन गरेका छन्।
पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित उनी अयोध्या पुगेका हुन्।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा यही जेठ १८ देखि प्रतिनिधिमण्डलसहित दिल्ली पुगेका सभापति लामिछाने आज स्वदेश फर्किंदै छन्।
भारत भ्रमणका क्रममा उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरे।
साथै लामिछानेले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भेट गरे।
यसैबिच आजै समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्किँदै छन्।










