कालंगा हाइड्रो लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।
जसअनुसार २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। आईपीओको नतिजा सीडीएससीको वेबसाइट iporesult.cdsc.com.np मा गई हेर्न सकिने व्यवस्था छ।










