गोदावरीको बाढीमा परी दुई जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।

आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन् । उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर