राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू अन्तिम चरणमा पुगिसकेको छ ।
बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताइन् । सत्यालका अनसुार उत्तर पुस्तीका परीक्षण सकिएर इन्ट्री रुजुको काम भइरहेको छ ।
गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए ।










