
साताको चौथो कारोबार दिन अर्थात बुधबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी १ सुन २० हजार १०० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ १० रुपैंयाले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४८५ रुपैंयामा कारोबार भएको थियो ।