मंगलबार सुनको मूल्य बढेको छ । प्रतितोला ३ सय रुपैयाँले बढेर आज प्रतितोला सुन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।
प्रतितोला २५ रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ९९० रुपैयाँ कारोबार भएको छ ।










