नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
नेपाली नोटको नम्बरिङ प्रणालीमा संकेतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरूस् झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान ९करिब १० लाख० नोटहरू छापिन्छन् ।
यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।










