राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको छ ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ ।










