सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी नदीबाट उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा उद्धार गरिएको हो ।

उद्धार गरेर उनलाई उपचारका लागि चितवन पठाइएको छ । उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका एक जनाको आजै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ वर्षीय सन्जिव बिकलाई नदीले बगाएको थियो । त्यसको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट टोली खटिएको थियो ।

उनलाई नदीको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर