एभरेष्ट कलर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बिहीबार बिहान शेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल २६ लाख ८७ हजार ४ सय २१ जनाको आवेदन परेको थियो । जस मध्ये २६ लाख ४१ हजार ९ सय ५९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोला प्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ६५ हजार ५ सय ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।










