सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।

मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे । उनले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि प्रयाप्त भयो ।

खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । दुवै टोलीले ८ सर्ट प्रहार गर्दा सर्ट अन टार्गेट मेक्सिकोको ४ र दक्षिण कोरियाको २ छ । पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रह्यो ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

चेक रिपब्लिक दक्षिण कोरियासँग हार बेहोरेको थियो । २ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जिवितै छ ।

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर