नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार भने चाँदी तोलामा चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर