साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७४.४८ को विन्दुमा पुगेको छ।
आज ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा १२ उपसूचकहरू राताम्मै देखिएका छन् ।
बजारमा सामान्य गिरावट बुङ्गल हाइड्रोपावर र एपोलो हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा घटेको छ ।










