सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सरकारले दिने भनेको सेवा-सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनर्स्थापना प्याकेज अघि सारेको भन्दै अब कार्यान्वयन गर्ने समितिले जनाएको छ ।
यसअन्तर्गत होल्डिङ सेन्टरभित्र रहेका तथा बाहिर रहेका विस्थापितहरूलाई कोठा खोज्न र प्रारम्भिक बन्दोबस्त मिलाउन सरकारले प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ ।










