सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश दिएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । श्रीमतीले पक्राउ गर्नुपर्ने कानुनी आधार नरहेको भन्दै थुनाबाहिरै बसेर पुर्पक्षको माग बुधबार रिट दायर गरेकी थिइन् ।

प्रहरीले गत सोमबार जरुरी पक्राउ पुर्जीका आधारमा पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । त्यसपछि मंगलबार विशेष अदालतले जरुरी पक्राउ पुर्जीको समर्थन गर्दै थप अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर