साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ को विन्दुमा पुगेको छ।
आज ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा १२ उपसूचकहरू राताम्मै देखिएका छन् ।
बजारमा गिरावट आउँदा पनि टक्सार पिपुवाखोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, कालिका लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा बढेको छ ।










