नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर चार हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार भने चाँदी तोलामा चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर