देशका विभिन्न स्थानमा परेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार कोशी, बागमती र सुदूरपश्चिम क्षेत्रका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवालीमा असार १३ गते खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्य पहाडी लोक मार्गको भोजपुर नगरपालिका ५, जोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल एकतर्फी सुचारु रहेको छ। त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर